मङ्लबार, चैत्र ६, २०८०

यूट्युब च्यानलमार्फत अश्लिल सामग्री प्रसारण गर्ने लामा पक्राउ

 काठमाडौं असार २१
नेपाल प्रहरीको साइबर ब्यूरोले यूट्युब च्यानल मार्फत अश्लिलता झल्कने सामग्री प्रसारण गरेको अभियोगमा काठमाडौं महानगरपालिका(६ बौद्ध तीनचुले बस्ने नुवाकोट बेलकोटगढी नगरपालिका-७ महादेवफाँट घर भएका २२ वर्षीय प्रवेश लामालाई सोमबार पक्राउ गरेको छ ।

4 Real TV नामक यूट्युब च्यानल मार्फत अश्लिल शीर्षक राखी समाजमा अश्लिलता फैलाउने किसिमका भिडियोहरु बनाई उक्त च्यानल लगायत सामाजिक सञ्जालमा प्रसारण गरी विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा लामालाई नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको जनाउँदै निजउप काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जनाएकोछ ।