काठमाडौं असार २१,
रामेछापबाट काठमाडौं तर्फ आउँदै गरेको बा २ ख ८३९६ नम्बरको यात्रुबाहक बस बेलडाँडामा दुर्घटना हुँँदा बसमा सवार यात्रुहरुमध्ये ४ जना महिला र ५ जना पुरुष गरि ९ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् ।
बस दुर्घटनामा परि मृत्यु हुनेको पहिचान खुल्न नसकेको जनाउँदै जिल्ला प्रशासन कार्यालय रामेछापले घाइतेमध्ये गम्भीर रहेका ३ जनालाई हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको छ बाँकी घाइते यात्रुको धुलिखेल अस्पताल, काभ्रेमा उपचारार्थ भर्ना गरिएको जानकारी दिएको छ ।