काठमाडौं असार २१,
आज सत्तारुढदल नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । पार्टी सभापति शेरबहादुर देउवाको आह्वानमा पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बस्ने दिउँसो १ बजे बस्ने बैठकमा मुलुकको समसामयिक राजनीति, केही भ्रातृ संस्थाका विधान टुंग्याउने र केन्द्रीय समितिका लागि एजेन्डा तय गर्ने लगायतका कार्यसूची रहेको काँग्रेस मुख्यालयले जनाएको छ।
त्यस्तै आजको पदाधिकारी बैठकले आसन्न संघ प्रदेशको निर्वाचनको पूर्व तयारी संगै गत बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको समेत समिक्षा गर्दै प्राप्त निष्कर्षलाइ असार २७ गते बस्ने केन्द्रीय कार्यसमिति बैठक मार्फत मुर्तता दिने काँग्रेसको तयारी रहेको थाह भएकोछ ।