शनिबार, बैशाख ८, २०८१

सत्ता साझेदार दल माओवादीको जारी केन्द्रीय समिति बैठक बुधवार बस्ने गरि स्थगन

काठमाडौं असार २१,
सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रको राजधानीमा जारी केन्द्रीय समितिको विस्तारित बैठक अचानक स्थगित भएको छ । आइतबारदेखि तीन दिनका लागि भनेर बसेको बैठक आज बिहान ११ बजे बस्ने भनिएको थियो । तर बैठक अचानक स्थगित भएको सम्वद्ध पक्षले जनाएको छ ।

आइतबारको बैठकमा पार्टी अध्यक्ष पचण्डले प्रस्तुत गरेको प्रतिवेदनमाथि नेताहरूले आफ्नो धारणा राख्दै पदाधिकारी र स्थायी कमिटी गठन गर्न माग गरेको थियो ।
त्यस्तै सोमबारको बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रया दिँदै पार्टी प्रवक्ता कृष्णबहादुर महराले बैठकमा आज ४१ जना नेताहरूले भाग लिएको र स्थानीय चुनावसम्बन्धी समीक्षा भएको जनाउ दिदै आजको बैठकमा बाँकी नेताहरुले आआफ्नो धारणा राख्ने र त्यसपछि पदाधिकारी र स्थायी कमिटी गठन प्रत्रियामा बैठक प्रवेश गर्ने बताएपनि अचानक असार २२ गते बुधबार बस्ने गरि बैठक स्थगन गरिएको छ ।

आजको बैठकमा प्रचण्डले पेश गरेका राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम तय भए पनि बैठक स्थगन भएसंगै प्रस्तुत कार्यसूचीमा बुधवार बस्ने बैठकमा जवाफ दिनेछन् ।