शनिबार, बैशाख ८, २०८१

सासंद थापाले भन्यो-अर्थमन्त्री शर्माले तत्काल राजीनामा दिनुको विकल्प छैन

काठमाडौं असार २०,  
सोमबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली कांग्रेसका सांसद गगन थापाले अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिनुपर्ने बताएका छन्।काँग्रेस महामन्त्री समेत रहेको सासंद थापाले अर्थमन्त्री शर्माको विषयमा सडक देखि सदन सम्म गम्भीर प्रसंग उठेको भन्दै उहाँले पदबाट राजीनामा दिनुपर्ने बताउँनु भएको    हो ।

पछिल्लो समय अर्थ मन्त्रालयले सिसिटिभी फुटेज जम्मा १३ दिनको छ भनेर भनिसके पछाडी मलाई के लाग्छ भने तत्काल प्रधानमन्त्रीले यसका बारेमा एउटा एक्शनमा जानुपर्छ। यत्रो विषय संसदमा उठ्यो। बाहिर उठ्यो। हो, होइन मलाई थाहा छैन। तर यो विषय उठिसकेपछि मैले बुझेको कि अर्थमन्त्रीजीले राजीनामा दिनुपर्छ,’ उनले भने। साथै अर्थमन्त्री शर्माले स्वइच्छाले राजीनामा नदिए प्रधानमन्त्रीले तत्काल पदबाट हटाएर छानबिन गर्नुपर्ने बताउँनुभयो ।

स्मरण रहोस जेठ १४ गते राति बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिलाई अर्थमन्त्रालयमा बोलाएर अर्थमन्त्री जनार्दन शर्माले करको दरमा हेरेफेर गरेको आरोप लागेको छ । यद्यपी अर्थमन्त्री शर्माले भने आरोपको खण्डन गर्दै आएका छन् ।

तर सूचनाको हकको उपयोग गर्दै यसविषयमा उपभोक्ता हित संरक्षण मञ्चले २४ भदौ २०७८ बेलुका ११ बजेदेखि २५ गते बिहान ६ बजेसम्म र १४ जेठ २०७९ बेलुका ६ बजेदेखि १५ गते बिहान ६ बजेसम्मको सीसीटीभी फुटेज माग गरेर निवेदन दिएको थियो । जवाफमा आइतबार अर्थ मन्त्रालयले सीसीटीभी फुटेजको अभिलेख रहने क्षमता बढीमा १३ दिनसम्मको मात्र रहने भएकाले मागिएको फुटेज सुरक्षित नरहेको जवाफ दिएसंगै प्रस्तुत प्रकण थप पेचिलो भएको हो ।

त्यस्तै माग गरिएको सूचनाको जवमफी पत्रमा सीसीटीभी फुटको क्षमता र जडान भएको क्यामराका आधारमा बढीमा १३ दिनसम्मको मात्र अभिलेखमा रहने र त्यसअघिको अभिलेख क्रमशः मेटिँदै जान्छ,” भनिएको छ । हो यहि प्रकरण पछिल्लो समय सदनमा तत्काल छानविनको माग सहति उठेपछि महामन्त्री थापाले सञ्चारकर्मीसंग प्रतिक्रिया दिने क्रममा तत्काल अथृमन्त्री शर्माले राजीनामा दिने वा प्रधानमन्त्रीजीले उहाँलाई अहिले हटाएर यसको छानबिन गर्नको विकल्प नभएको बताउनुभएको हो ।