बिहिबार, बैशाख १३, २०८१

फेरि बढ्यो इन्धनको मूल्यस् पेट्रोल प्रतिलिटर रु १८२

काठमाडौं असार २०,
नेपाल आयल निगमले निगमको सञ्चालक समिति बैठकले सोमवार मध्यरात्रीबाट लागु हुने गरि इन्धनको मूल्यमा वृद्धि गरेको छ। इन्डियन आयल कर्पोरेशनले पठाएको पछिल्लो नयाँ मूल्यसूची अनुसार भन्दै पेट्रोलमा प्रतिलिटर २ रुपियाँ मूल्य वृद्धि गरेसंगै पेट्रोलको प्रतिलिटरको मूल्य रु १८१ पुगेको छ भने डिजेल र मट्टितेलमा ९ रुपैयाँ मूल्य वृद्धि भएसंगै प्रतिलिटर रु १७२ पुगेको छ ।

निगमले अन्तराष्ट्रिय बजारमा इन्धनको मूल्य उच्च दरले मुल्य बृद्धि भएको तथा भारतीय आयल कर्पोरेसनलाई भुक्तानी गर्नुपर्ने बक्यौता ३० अर्ब पुगेको भन्दै सञ्चालक समितिले मूल्य बढाउने निर्णय गरेको हो ।

त्यस्तै निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरेको छ ।यसवीचमा खाना पकाउने ग्यासको मूल्य भने यथावत रहेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले सार्वजनिक गर्नुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

त्यस्तै अन्तर्राष्ट्रिय रूपमा पेट्रोलियम पदार्थको मूल्यमा निरन्तर उकालो लाग्दै गएको अवस्थामा पेट्रोलियम पदार्थको आपूर्ति तथा बिक्री वितरण सहज बनाउन पेट्रोलियम पदार्थको खुद्रा बिक्री लागत मूल्य सरह नै हुने गरी कायम गर्नुपर्ने स्थिति रहेको जनाएको छ ।

समरण रहोस यसअघि सरकारले पेट्रोलियम पदार्थको मूल्यमा भएको अचाक्ली मूल्य वृद्धि पछि सरकारले पेट्रोलियम पदार्थको करमा कटौती गर्दै पेट्रोलियम पदार्थको बढ्दो मूल्यमा डिजेलमा २९ रुपैयाँ र पेट्रोलमा २० रुपैयाँ समायोजन गरेको थियो ।