बिहिबार, चैत्र १५, २०८०

नव नियुक्त मन्त्रीत्रयले लिए शपथ

काठमाडौं असार २०,
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा [९] तथा धारा ७८ को उपधारा ९१० बमोजिम प्रधानमन्त्रीको सिफारिसमा मौजुदा मन्त्रिपरिषदमा केही मन्त्रीको नियुक्ति, हेरफेर संगै कार्यविभाजन गर्नुभएको छ ।

सत्ता साझेदार दल जनता समाजवादी पार्टी नेपालले सरकारमा रहेका ३ मन्त्री फिर्ता बोलाएर ३ जना नयाँ मन्त्रीको नाम सिफारिस गरेको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपतिले सोमबार नै तीनलाई मन्त्री पदमा नियुक्ति गर्नुभएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त तीनजना मन्त्रीले सोमबार राष्ट्रपति भवनमा मन्त्री पदको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । राष्ट्रपतिसमक्ष शपथ लिने मन्त्रीहरूमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राई, कृषि तथा पशुपन्छी विकास मन्त्री मृगेन्द्र सिंह र वन तथा वातावरण मन्त्री प्रदीप यादव हुनुहुन्छ ।

यसअघि जसपामा भौतिक पूर्वाधार मन्त्रीमा रेनुकुमारी यादव, वनमन्त्री रामसहाय यादव र कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्र राय यादवले जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो । शपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री देउवा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतको उपस्थिति रहेको थियो ।