बिहिबार, बैशाख १३, २०८१

सत्र डीआईजीलाइ नयाँ जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न गृहमन्त्री खाणको निर्देशन 

काठमाडौं असार २०,
नेपाल सरकार मन्त्रीस्तरीय निर्णय अनुरुप प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी बाट चार महिला सहित प्रहरी नायब महानिरीक्षक [डीआईजी] मा पदोन्नति भएका १७ प्रहरी अधिकृतलाई आइतबार दज्र्यानी चिह्न प्रदान गरिएको छ । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले प्रहरी मुख्यालयमा आइतबार आयोजित एक कार्यक्रमकावीच [डीआईजी] मा पदोन्नति भएका १७ प्रहरी अधिकृतलाई दज्र्यानी चिह्न प्रदान गरेको हो ।

यसरी दज्र्यानी चिह्न प्राप्त गर्ने डीआईजीमा वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, अशोक सिंह, दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सन्दिप भण्डारी, सुदिप गिरी, मिरा चौधरी, टेकबहादुर तामाङ, उमेशराज जोशी, भीमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणा रहेको छन ।

यसैबीच दज्र्यानी चिह्न प्राप्त गरेपछि गृह मन्त्रालमया आयोजित एक कार्यक्रममा बीच बधाई र निर्देशन दिँदै मन्त्री बालकृष्ण खाणले सरकारले उपलब्ध गराएको सीमित स्रोतसाधन उपयोग गरेर उत्कृष्ट जिम्मेवारी पूरा गर्नुपर्ने उल्लेख गर्दै प्राप्त नयाँ जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न दिनुभएकोछ ।