मङ्लबार, बैशाख ११, २०८१

बाजुराको बूढीगङ्गा नगरपालिकामा असार २३ गते स्थानीय तहको निर्वाचन हुने

काठमाडां असार १८,
गत बैशाख ३० गते सम्पन्न् स्थानीय तह निर्वाचन अन्र्तगत निर्वाचनको क्रममा धाँधली भएको उजुरी परेपछि स्थगन भएको बूढीगङ्गा नगरपालिकाको निर्वाचन असार २३ गते हुने भएको छ। यसअघि भएको निर्वाचनमा मतदान गरेपनि मतगणना नहुँदै रोजगारका लागि भारत गएका बूढीगङ्गा नगरपालिकाका स्थानीयबासी आफ्नो पालिकामा पुन निर्वाचन मिति घोषणा भएपछि फेरि गाउँ फर्कन थालेका छन ।

निर्वाचनको मिति तोकिएसंगै बूढीगङ्गा नगरपालिमा १३ हजार ६५९ जना मतदाताले आफ्नोरोजाइका उम्मेदवारलाइ आफ्नो मताधिकार प्रयोग गर्दै निर्वाचित गराउँन पाएकोमा निके हौसिएको पाइन्छ । १० वटा मतदान स्थल १९ वटा उपमतदान केन्द्र मार्फत बूढीगङ्गा नगरपालिमा असार २३ गते स्थानीय मतदाले आफ्नो मतमधिकार प्रयोग गर्ने वातावरण बनेको हो ।

निर्वाचन आयोगले मुलुकको ७६ जिल्लाको स्थानिय तहको निर्वाचन संगै जिससको मत परिणाम समेत सार्वजनिक गरिसेको छ ।