शुक्रबार, बैशाख ७, २०८१

आज दहीच्युरा खाँदै राष्ट्रिय सांस्कृतिक पर्व असार १५ मनाइदै

काठमाडौँ असार १५,

आज प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवससंगै खेतमा रोपाई गरि दहि चिउरा खाने भएकाले आजका दिनलाई दही चिउरा खाने दिनका रुपमा समेत मनाउँने प्रचलन रहिआएको छ। आजको दिन हिलोमा रमाउँदै धान रोप्नुको जति महत्त्व जति छ ।

त्यतीनै मजा परम्परादेखि नै चल्दै आएको चलन अनुरुप रोपाईको काम सकिएपछि दही चिउरा खानुको मजा पनि उत्तिकै छ । दही खाँदा शक्ति प्राप्ति हुन्छ भन्ने विस्वासका साथ आजका दिन खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका व्यक्तिले समेत आज दहीच्युरा खाई असार १५ लाई सांस्कृतिक पर्वका रूपमा मनाउँछन्

त्यसोत पछिल्ले समय रोपाइको काममा लागेकाहरुले मात्र नभइ असार १५ मा दही चिउरा खानै पर्छ भन्ने मानसिकता मानिसहरूमा विकास भएको पाइन्छ । तर यहाँ गामघरमा जस्तो नभइ व्यावसायिक डेरीहरुबाट दही गरिद गरेरै भए पनि दही चिउरा खाने प्रचलन बढ्दो पाइन्छ । त्यस्तै असार १५ मा दही चिउरा खाइनुको विशेषता भनेको दही च्यूराले शरीरमा शीतलता प्रदान गराइ शक्ति सञ्चय हुने विश्वास सहित दही च्यूरा खाने जानकारहरु बताउँछन ।

त्यस्तै दहीमा कार्बोहाइड्रेट , चिनी र बोसोको मात्रा न्यून हुने हुनाले यसले धेरै अलस्य गराउदैन । दहीमा शरीरलाई चिसो राख्ने एक प्रकारको इन्जाईम हुन्छ हुन्छ, जसले शरीरलाई फाइदा गर्ने भएकोले पनि यसको सेवन लाभकारी मानिएको हो । साथै दहीमा भिटामिन बी र सी पनि हुने हुनाले पखाला लागेका बेला दही च्यूरा खाएमा औषधिको समेत काम गर्दछ ।

त्यसोत नेपाली संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ । कुनै पनि शुभकार्य होस बैदेशिक यात्रामा जाँदा होस दही अक्षताको मिश्रण सहितको निधारमा रातो टीका सँगै सगुनका रूपमा पनि दही खुवाएर बिदाइ गर्ने परम्परागत मान्यता सहित असार १५ मा दही चिउरा खाने पर्व आफैमा एक महत्वपूर्ण राष्ट्रिय सांस्कृतिक पर्व बन्न सफल भएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2022
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031