बुधबार, बैशाख १२, २०८१

हैजाको बढ्दो सन्त्राससंगै सडकमा खुला खाद्य सामग्री बिक्री वितरण गरे कारवाही

काठमाडौं असार १४,
पछिल्लो समय उपत्यकामा दर्जनको हाराहारीमा हैजाको संक्रमित भेटिएसंगै काठमाडौँ महानगरपालिकाले आजदेखि सडकमा खानेकुरा बेच्न निषेध गरेको छ । हैजा नियन्त्रणका लागि भन्दै महानगरले यस किसिमको अभियान शुरु गरेको हो ।

त्यस्तै महानगरले खुलासडकमा पानी प्रयोग हुने पानी पुरी लगायतका खाद्य सामग्री बिक्री वितरणमा रोक लगाएको जनाउ सहित जारी निर्देशको वर्खिलापका काम कारवाही भए जरिवानासहित थप कारबाही गन चेतावनी समेत दिएको छ ।

साथै होटल रेष्टुराँको खाद्य स्वच्छता हेर्न खाद्य प्रविधि तथा गुणनियन्त्रण विभागलाई अनुरोध गरेको जानकारीदिदै महानगरका स्वास्थ्य विभागले यसवीचमा त्यस्तो कुनै समस्या सिर्जना भए नागरिकको सहजताका लागि महानगरले २४सै घण्टा ११८० हटलाइन टेलिफोन सोमबारदेखि सञ्चालनमा ल्याएको र यसको प्रयोग गर्दै सेवा को उपभोग गर्न आग्रह गरेको छ ।