शुक्रबार, बैशाख ७, २०८१

उपत्यकामा एकदर्जन भन्दा बढिमा हैजाको संक्रमण

 काठमाडौं असार १३ ,
काठमाडौ उपत्यकामा १२ जना हैजाका बिरामी भेटिएका छन् । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले हालसम्म १२ जनामा हैजा पुष्टि भएको जानकारी दिनुभयो । हैजा पुष्टि भएका एक दजर्न विरामी मध्ये ८ जना उपचारपछि घर फर्किसकेको जानकारी दिदै पछिल्ले समय ४ जनाको उपचार भइरहेको बैठकलाए जानकारीदिनभएको हो ।

यसैवीच काठमाडौँ महानगरपालिकाको जनस्वास्थ्य विभागले पछिल्लो समय देखिएको हैजासम्बन्धी समस्या समाधान गर्न काठमाडौं महानगरपालिकाले २४ घण्टे हटलाइन टेलिफोन सञ्चालनमा ल्याएको छ । महानगरले नागरिकलाई समस्या परे ११८० नम्बर फोन गरेर जानकारी लिन र प्राप्त हुने सुविधा लिन तमाम महानगरवासीलाइ आग्रह गरेको छ। त्यस्तै हैजा नियन्त्रणका लागि सडकमा खानेकुरा बेच्न नदिन नेपाल प्रहरीसँग सहकार्य गर्ने भएको छ । होटल रेष्टुरेन्टको खाद्य स्वच्छता हेर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई अनुरोध गरिएको छ ।

त्यस्तै उपत्यकाको खानेपानी प्रदूषित भएको कारणले हैजा देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ। महाशाखाले हैजा देखिएको ठाउँ बागबजार, डिल्लीबजार र सानेपामा रहेका पानी परीक्षण गरेको थियो । उहाँले धारापानी, जार, टु्यूवेल, बोरिङको पानी परीक्षण गर्दा प्रदूषित पाइएको जनाउ दिएको हो ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2022
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031