बिहिबार, बैशाख १३, २०८१

नवनियुक्त ४ मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

काठमाडौं असार १३ ,
नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवा नेतृत्वको गठबन्धन सरकारका सत्ता साझेदार दल नेकपा एसको तर्फबाट नवनियुक्त मन्त्रीहरुको पद तथा गोपनीयताको शपथ गहण गरेका छन् । आज बिहान ११ बजे राष्ट्रपति भवन शीतलनिवासमा नवनियुक्त चार मन्त्रीले शपथ लिनुभएको हो । नेकपा एसले यसअघि  सरकारमा सहभागी ४ मन्त्रीलाइ फिर्ता वोलाउँदै नयाँ मन्त्रीलाइ सरकारमा पठाएको हो ।

नेकपा एसको तर्फबाट नयाा मन्त्रीको जिम्मेवारी पाउनेमा संस्कृतिमन्त्री जीवनराम श्रेष्ठ, सहरी विकासमन्त्री मेटमणि चौधरी, स्वास्थ्यमन्त्रीमा भवानी खापुङ , श्रम मन्त्रीमा शेरबहादुर कुँवर र  स्वास्थ्य राज्यमन्त्रीमा हीराचन्द्र केसी  रहेको छ ।

त्यस्तै मन्त्रीहरुको शपथपछि शीतल निवासमै राष्ट्रपति भण्डारीको उपस्थितिमा प्रधानमन्त्री देउवाले नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हीराचन्द्र केसीले पद तथा गोपनीयताको शपथ दिलाउनु भएको थियो । शपथ ग्रहरण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, मन्त्रीगण, संवैधानिक निकायका प्रमुख र पदाधिकारीलगायतको उपस्थिति रहेको थियो ।