बिहिबार, बैशाख १३, २०८१

छानविनको लागि समिति गठन संगै न्यायाधीश कोइराला निलम्बित

काठमाडौं असार १३ ,
न्याय सम्पादको क्रममा आर्थिक लेनदेन प्रकरणमा मुछिएको काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला निलम्बित भएका छन । न्यायपरिषद् बैठकले न्यायाधीश कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच इच्छाराज तामाङको मुद्दाको विषयलाई लिएर भएको आथिैक बार्गेनिङको अडियो बाहिरिएसंगै सोसँग सम्बद्ध तथ्यहरु सम्बन्धमा आवश्यक छानबिन गर्न छानबिन समिति गठन गर्दै राजपत्रमा सूचना प्रकाशित गरेसंगै न्यायाधीश कोइराला स्वतः निलम्बित भएको    हो ।

परिषदको बैठकले न्याय परिषद् ऐन, २०७३ बमोजिम जाँचबुझ गरी कार्य ३५ दिनभित्र प्रतिवेदन पेश गर्ने कार्यादे सहति न्याय परिषदका सदस्य रामप्रसाद श्रेष्ठको अध्यक्षतामा उच्च अदालत पाटनका कायमकुमायम मुख्य न्यायाधीश महेशप्रसाद पुडासैनी, न्यायाधीश महेश शर्मा पौडेल रहेको तीन सदस्यीय जाँचबुझ समिति गठन भएको सूचना प्रकाशित गरेको हो ।