शुक्रबार, बैशाख १४, २०८१

आगामी आवका लागि महानगरको २५ अर्ब ४१ करोड ९६ लाखको बजेट प्रस्ताव

काठमाडौं असार १०,

काठमाडौँ महानगरले आगामी आर्थिक वर्ष २०७९/८० का लागि रु २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजारको बजेट प्रस्तुत गरेको छ । कामपाको उपप्रमुख सुनिता डङ्गोलले आज नगरसभामा चालु आवको भन्दा रु ७ अर्बभन्दा बढीको बजेट प्रस्ताव गर्नुभएको हो । यसअघि महानगरले चालु आवका लागि रु १८ अर्ब ९५ करोड ७७ लाख १२ हजारको बजेट ल्याएको थियो । महानगरले आज सार्वजनिक गरेको बजेटमा पूर्वाधार विकासका लागि रु ११ अर्ब आठ करोड बजेट प्रस्ताव गरेको छ भने कार्यालय खर्चका लागि रु ४ अर्ब ६८ करोड बजेट प्रस्ताव गरेको बैठकलाइ जानकारी दिनुभयो । यस्तै आर्थिक विकास कार्यक्रमका लागि रु ५० करोड २१ लाख २४ हजारसमेत विनियोजन गरिएको जानकारी दिनुभयो ।

विनियोजित बजेटको स्रोत व्यवस्थापनतर्फ भने महानगरको सञ्चितकोषमा जम्मा हुने रु २२ अर्ब ३६ करोड ९५ लाख ४१ हजारबाहेक नेपाल सरकारबाट प्राप्त हुने सशर्त अनुदानतर्फ १ अर्ब ३१ करोड ३७ लाख ६ हजार रुपैयाँ, राजस्व बाँडफाँडबाट ३ अर्ब ४१ करोड ३७ लाख ७३ हजार रुपैयाँ, समानीकरण अनुदानबाट ८४ करोड १९ लाख ७० हजार रुपैयाँ आम्दानी हुने अनुमान छ । त्यस्तै प्रदेश सरकारबाट प्राप्त हुने विभिन्न अनुदान तथा राजस्व बाँडफाँट र जग्गा एकीकरण आयोजनाहरूबाट प्राप्त हुने महानगरले जनाएको छ ।

त्यस्तै त्यस्तै महानगरले बजेट मार्फत विशेष महत्वका योजना अन्र्तगत महानगरपालिका क्षेत्रभित्रका हिति, मठमन्दिर र ऐतिहासिक तथा पुरातात्विक सम्पदाहरुको संरक्षण र सम्बर्धन गर्ने कामलाई मुख्य रुपमा राखिएको छ । वडा कार्यालयहरुलाई सेवा प्रवाह, विकास निर्माण र प्रत्यक्ष जनचाहना पुरा गर्ने कार्यालयका रुपमा विकास गर्ने उद्देश्यकासाथ चालु आर्थिक बर्षको भन्दा आगामी बर्षका लागि झन्डै दोब्बर बजेट बिनियोजन गरिएको जनाएको छ।

यसवीचमा महानगरपालिका केन्द्रीय कार्यालय रहेको वडा नं ११ स्थित हरिभवनको प्रबलीकरण, विद्युतीय सार्वजनिक सवारी यातायात सञ्चालन, सरकारी, सार्वजनिक, निजी, गैरसरकारी संस्थाहरुको परिसरमा रहेको खाली जग्गामा पोखरी निर्माण, पानी पुनर्भरण विशेष कार्यक्रम, महानगर उज्यालो कार्यक्रम संगै डबलीहरुको पुनस्र्थापना र एमपी थियटर निर्माण, सामुदायिक बिद्यालयहरुको भौतिक पूर्वाधारमा गुणात्मक सुधार, वेस्ट टु इनर्जी प्लान्ट जडान, डिजिटल अर्बान सेक्युरिटी सिस्टमका लागि सिसिटिभी जडान, बस स्टपहरुमा परम्परागत शैलीको फल्चा निर्माण, महानगरपालिकाको विपद जोखिम नक्साङ्कन, आवधिक योजनालाई कार्यान्वयन चरणमा पु¥याउने, ई गभर्नेन्स मास्टर प्लान निर्माण, दमकल स्टेसनको बिस्तार, घर घरमा गइ ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण तथा औषधी वितरण लगायतका कार्यक्रमलाइ विशेष प्राथमिकतामा राखेका छन ।

त्यस्तै युवा केन्द्रीत कार्यक्रमहरु, खेलकुद बिकासका लागि पूर्वाधार निर्माण तथा बिभिन्न कार्यक्रम सञ्चालन, महिलाहरुलाई सीप बिकासमार्फत स्वरोजगार कार्यक्रम, अपाङ्गता भएका व्यक्तिका लागि सहयोग, मेट्रो रेलको सम्भायता अध्ययन, सार्वजनिक शौचालय निर्माण तथा सञ्चालन, शीत भण्डार निर्माण, केएमसी मार्ट निर्माण तथा सञ्चालनलाई प्राथमिकरण गर्नुको अलावा स्वास्थ्य, शिक्षा, फोहरमैला ब्यबस्थापन, सम्पदा संरक्षण तथा सम्बर्धन र पूर्वाधार बिकासलाई विशेष महत्व दिएर बजेट बिनियोजन गरिएको छ ।