बिहिबार, चैत्र १५, २०८०

हैजाको आशंकामा भर्ना भएका ३ मध्ये थप दुई जनामा हैजा पुष्टि , सचेत रहन अस्पतालको आग्रह

काठमाडौं, असार ८,
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले गत आइतबार हैजाको आशंकामा अस्पतालमा भर्ना भएका ३ मध्ये थप दुई जनामा हैजा पुष्टि भएको जनाएको छ।

अस्पतालका सूचना अधिकृत नवराज गौतमले भर्ना भएका विरामीको हैजा परीक्षणको लागि गरिएको दिसाको कल्चर को उनिहरुमा हैजा पुष्टि भएको भएको जनाएको छ। यद्यपी हैजाका ४ जना विरामी मध्ये एक जना डिस्चार्ज भएका छन भने बाँकी ३ जनाको पनि स्वास्थ्य सामान्य रहेको अस्पतालले जनाएको छ।

पछिल्लो समय प्रदूषित पानी र खानाका कारण गर्मी महिनामा झाडापखालाका कारण हैजाका बिरामी बढ्दै गएकोले सचेत रहन आग्रह गर्दै अस्पतालले प्रत्येक दिन १० जना बिरामी झाझापखाला लागेर अस्पताल आउने क्रम बढेको  जनाएको छ।