काठमाडौं असार ७,
प्रतिनिधिसभाकाको आज बसेको बैठकमा मन्त्रीपरिषद बैठकमार्फ सरकारले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम अर्थात ९एसपिपी० अघि नबढाउने विषयमा गरेको निर्णयको संसद सदस्यहरुले स्वागत गरेको छ।
बैठकमा एमाले सांसद भीम रावल, हरिराज अधिकारी र दिव्यमणि राजभण्डारी लगायतले एसपिपी अघि नबढाउने निर्णयसंगै आगामी दिनमा पत्राचार गर्दा परराष्ट्रमार्फत मात्र गर्नुपर्ने नेपाल सरकारको निर्णय नेपाल सरकारको निर्णय स्वागतयोग्य भएको बताउँदै यस निर्णयबाट प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको राष्ट्र प्रतिको उच्च लगावको प्रशसा गर्नुभएको हो ।
त्यस्तै बैठकमा सांसद राजेन्द्रप्रसाद लिङ्देनले पेट्रोलियम पदार्थको मूल्य निरन्तर वृद्धि भएका बेला सरकारले विद्युतीय सवारी साधनमा करछुटको व्यवस्था गर्न माग गर्दै मुलुकमा भएका सबै भ्रष्टाचारका विषयमा छानबिन गर्न आयोग गठनका लागि माग गर्नुभयो ।
यसैवीच सोमवार सरकारले एसपिपीको विषयमा गरेको निर्णयको चर्चा हन्र्तगत आज हरेक चोक चौराहमा जनजनवीच यसपटक सरकारले निकै महत्वपूर्ण निर्णय गरेको चर्चा सहित सरकारको कदमको खेलेर प्रशंसा भइरकेको सुन्न पाइन्थ्यो ।