काठमाडौं असार ७,
राजधानीको चाबहिलस्थित सेन्ट लरेन्स कलेजमा विद्यार्थी यौन दुव्र्यवहार गरेको घटनाको आरोपमा पक्राउ परेका दुई शिक्षकलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।
काठमाडौँले जिल्ला अदालतका न्यायाधीश केदारनाथ पौडेलको एकल इजलासले कलेजका शिक्षकद्वय जनार्दन अधिकारी र राजनकुमार पौडेललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।
अदालतका श्रेस्तेदार ज्ञानेन्द्र इटनीका अनुसार शिक्षकद्वय उपर थुनामा राखी अनुसन्धान गर्नका लागि यस्तो आदेश भएको जानकारी दिनुभयो ।