काठमाडौं असार ७,
जिल्ला प्रहरी परिसर काठमाडौंले आमा बिरामी भएको बहाना बनाइ डलर भनी कागजको टुक्रा दिएर ठगी गर्ने काठमाडौं नागार्जुन नगरपालिका ९ स्युचाटार बस्ने ३३ वर्षीय कुमार श्रेष्ठलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
प्रहरीका अनसार पक्राउ परेका अभियुक्तले डलर भन्दै कागजका टुक्रा दिएर ठगी डलर साटिदिन्छु भन्दै डलरको आकारमा काटिएका कागजका टुक्राहरु राखेर दिई झुक्काई नगद ८ लाख रुपैयाँ ठगी गरी फरार रहेको जनाएको छ ।
त्यस्तै प्रहरीले काठमाडौं महानगरपालिका १४ कलंकीस्थित सीता पेट्रोल पम्पपरिसरमा ६२ वर्षीय पुरुषलाइ निज श्रेष्ठले आफ्नो आमा गम्भीर बिरामी भई अस्पतालमा भर्ना भएको र उपचारको लागि पैसाको अत्यन्तै अभाव रहेकोले डलरका केही नोटहरु साटिदिन अनुरोध गरी उक्त नगद ठगी गरी फरार भएको भन्ने सूचनाको आधारमा प्रहरीले सुक्ष्म अनुसन्धान गरी ठगी गर्ने व्यक्ति कुमार श्रेष्ठलाइ प्रहरी बृत्त कालीमाटीको टोलीले कलंकीबाट पक्राउ गरेको हो ।
त्यस्तै पक्राउ परेका श्रेष्ठलाई मुलुकी अपराध [संहिता] ऐन, २०७४ को परिच्छेद–२१ को २४९ को ठगी गर्न नहुने कसूरमा जिल्ला अदालत काठमाडौँबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।