बिहिबार, बैशाख १३, २०८१

इन्धनमा स्वचालित मूल्य र ग्यासमा दुई थरी मूल्य लागू हुने

काठमाडौ असार ७,
हरेक साताको अन्तरमा पेट्रोलियम पदार्थ बढ्दो मूल्यका कारण सर्वत्र सिर्जना भएको आक्रोसलाइ सम्बोधन गर्दै नेपाल आयल निगमले आगामी साउनदेखि स्वचालित मूल्य प्रणाली पूर्ण रूपमा लागू गर्ने भएको छ।

सरकारको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा समेत स्वचालित मूल्य प्रणाली लागू गर्ने निगमका अनुसार स्वचालित मूल्य प्रणाली लागू गर्ने विषयमा गरेको ठोस निर्णय संगै निगमले यस विषयमाअन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा बढ्ने र घट्दा घट्ने गरि इन्धनको मुल्य कायम गर्न लागेको हो ।

यसवीचमा इन्धनको बढ्दो मूल्यका कारण एकातर्फ आपूर्ति व्यवस्था सहज गर्न कठिन र अर्को तर्फ सहज आपुर्तिका लागि मूल्य बढाउनुपर्ने सरकारको बाध्यता बन्दे आएको पक्षलाइ दृष्टिगत गर्दै अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा बढ्छ र घट्दा पनि तत्काल घट्ने स्वचालित मूल्य प्रणालीमा निगम जान लागेको हो ।

त्यस्तै इन्धनमा स्वचालित मूल्यसंगै निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले घरायसी प्रयोजन हुने खानापकाउने ग्यासको भने अहिलेकै मूल्य र व्यापारिक प्रयोजनका लागि बेग्लै गरी दुई थरी मूल्य लागू गर्न समेत तयारी भएको बताउनुभयो ।