मङ्लबार, चैत्र ६, २०८०

राससको कार्यकारी अध्यक्षमा पत्रकार झा नियुक्त

काठमाडौं असार ६ ,
नेपाल सरकारले राष्ट्रिय समाचार समितिको रिक्त कार्यकारी अध्यक्ष पदमा नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय अध्यक्षसमेत रहनुभएका वरिष्ठ पत्रकार धर्मेन्द्र झालाई नियुक्त गरेको छ । नेपाल सरकार, मन्त्रिपरिषद्को आज साँझ बसेको बैठकले झा लाई चारवर्षे कार्यकालका लागि राससको कार्यकारी अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।