शनिबार, बैशाख ८, २०८१

एन्फा अध्यक्षमा नेम्वाङ निर्वाचित

 काठमाडौं असार ६ ,
अखिल नेपाल फुटबल संघ [एन्फा] को आगामी चार वर्षे कार्यकालका लागि आज भएको निर्वाचन मार्फत पंकजविक्रम नेम्वाङ अध्यक्षमा निर्वाचित भएको छ। बुढानिलकण्ठस्थित पार्क भिलेजमा भएको निर्वाचनले एन्फाको अध्यक्ष सहति २१ सदस्यीय नयाँ कार्यसमिति पाएकोछ ।

आगामी चार वर्ष एन्फा हाक्न वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ आ–आफ्नो समूहसहित र फ्रेन्ड्स क्लबका पूर्वअध्यक्ष राजीव पौडेल चुनावी प्रतिस्पर्धामा होमिएका थियो । निर्वाचनको क्रममा नेम्वाङले ४५ मत ल्याउँदा शेर्पा ३९ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ।