शुक्रबार, बैशाख १४, २०८१

नेपाल प्रवेश गरेको मनसुन देशभर फैलिन अझै समय लाग्ने

काठमाडौं असार ५ ,
जल तथा मौसम मोसम विज्ञान विभागले नेपालको पूर्वी भागबाट प्रवेश गरेको मनसुन देशभर फैलिन अझै केही दिन लाग्ने जनाएको छ। यद्यपी पछिल्लो समय प्रदेश नं १, मधेस प्रदेश, बागमती, र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव देखिसकेको महाशाखाले जनाएको छ ।

नेपालमा जुनदेखि सेप्टेम्बरसम्मलाई मनसुनको अवधिको प्रारुपमा पहिचान गरिन्छ । तर यसपटक नेपालमा मनसुन भित्रिने समय भन्दा एक साता अगावै अर्थात् जुन ५ मै मनसुन प्रवेश गरेको जनाएकोछ ।

त्यस्तै महाशाखाले देशैभर मनसुन फैलिनसकेको अवस्थाकवीच प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाउनुको अलावा सोमबार देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन सहितका वर्षाको सम्भावना औल्याएको छ ।