शुक्रबार, चैत्र १६, २०८०

मनसुनी र पश्चिमी वायुको प्रभाव : ७ मध्ये चार प्रदेशमा पूर्ण बदली

काठमाडौं असार ४ ,
जल तथा मौसम विज्ञान विभाग महाशाखाले मनसुनी वायु र विहारमा रहेकोे पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभावका कारण मुलुकको प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा पूर्ण बदलीसंगै बाँकी भागमा आंशिक बदली रहेको जनाएको छ।

त्यस्ते महाशाखाले यसवीचमा प्रदेश १, मधेश र बागमती प्रदेशका केहि स्थानमा मेघ गर्जन÷चट्याङसहित मध्यम वर्षा भइरहेको जनाउँदै शनिवार रातिको समयमा पनि यहि मौसमी प्रणाली कायम रहने जनाएको छ । यद्यपी संघीय राजधानी काठमाडौँमा भने बिहानैदेखि चकमन्न घाम लागेको अवस्था छ ।