बिहिबार, चैत्र १५, २०८०

आईओसीले पठायो फेरि बढ्दो इन्धनको खरिद मूल्य

काठमाडौं असार २,
पेट्रोलियम पदार्थको खरिद मूल्य फेरि बढेर आएको छ । इन्डियन आयल कर्पोरेशनले आज पठाएको नयाँ मूल्यअनुसार पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढेर आएको हो ।

यद्यपी न‍ेपाल आयल निगमले इन्धनमा आइओसीले पठाएको मूल्य वृद्धि भएपनि पेट्रोलको बिक्री मूल्य प्रतिलिटर रु १७८, डिजेल–मट्टितेलको रु १६५, हवाई इन्धन [आन्तरिक]को रु १६६, हवाई इन्धन [बाह्य]  प्रतिलिटर १.५४ अमेरिकी डलर र एलपी ग्यासको बिक्री मूल्य प्रतिसिलिण्डर एक हजार ८०० नै कायम रहको जनाएकोछ ।

त्यस्तै यसवीचमा निरन्तर बढ्दो इन्धनको मूल्य संगै न‍ेपाल आयल निगमले मंहंगो मूल्यमा आयात गर्नु पर्ने इन्धनको खपट न्यून गर्दै विधुत लगायतका स्वदेशी उर्जाको खपट बडाउँनु पर्ने राष्टिय आवश्यकतालाइ आम उपभोक्ताले मनन गर्ने विस्वास सहित बढ्दो मुल्य संगै निगमलाइ यस आवको अन्त्यसम्म निगमलाइ ५५ देखि ६० अर्व नोक्सान हुने अनुमन रहेको जनाएको छ।

तथापी आइओसीले पठाएको मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर छ रुपैयाँ ५२ पैसा, डिजेलमा प्रतिलिटर १९ रुपैयाँ तीन पैसा र हवाई इन्धनमा प्रतिलिटर रु ९१ रुपैयाँ ९१ पैसा रहेको बढेको छ । नयाँ मूल्यअनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर ३१ रुपैयाँ २८ पैसा, डिजेलमा प्रतिलिटर ३७ रुपैयाँ १६ पैसा, हवाई इन्धन आन्तरिक मा दुई रुपैयाँ ७० पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर ७५१ रुपैयाँ १४ पैसा घाटा रहेको जनाएको छ ।

साथै निगमले नयाँ खरिदमूल्यमा विभिन्न शीर्षकको कर थप्दा पेट्रोलको खरिद लागत प्रतिलिटर २०९ रुपैयाँ २८ पैसा, डिजेलको २०२ रुपैयाँ १६ पैसा, मट्टितेलको १४७ रुपैयाँ ९९ पैसा, हवाई इन्धन आन्तरिकको १६८ रुपैयाँ ७० पैसा, हवाई इन्धन बाह्यको प्रतिलिटर १४७ रुपैयाँ ८९ पैसा र एलपी ग्यासको प्रतिसिलिण्डर दुई हजार ५५१ रुपैयाँ पुग्ने जनाएको छ।

निगमलाई हालको बिक्री मूल्यमा पेट्रोलमा प्रतिलिटर ३१ रुपैयाँ २८ पैसा, डिजेलमा प्रतिलिटर ३७ रुपैयाँ १६ पैसा, हवाई इन्धन आन्तरिकमा दुई रुपैयाँ ७० पैसा घाटा तथा मट्टितेलमा प्रतिलिटर १७ रुपैया एक पैसा र हवाई इन्धन [बाह्य]मा प्रतिलिटर ४४ रुपैयाँ ६३ पैसा नाफा रहेको जनाएको छ ।