शुक्रबार, बैशाख ७, २०८१

एसपीपी कार्यक्रममा नेपाल आवद्ध नभएको गृहमन्त्री खाणको प्रष्टोक्ति

काठमाडौं असार २,
प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको रक्षामन्त्रालयका तर्फबाट जवाफ दिनेक्रममा सरकारले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम [एसपीपी]सँग आवद्ध हुने सोचसमेत नराखेको स्पष्ट बताउनुभएको छ। त्यस्तै उहाँले नेपालको भूमि कुनै पनि मित्रराष्ट्रका विरुद्ध कुनै पनि प्रकारले प्रयोग हुन हुँदैन भन्नेमा नेपाल सरकार दृढ जनाउ सहित ,एसपीपी कार्यक्रममा नेपाल आवद्ध नभएको यससम्बन्धी कुनै निर्णयमात्र नभइ कुनै निर्णय गर्ने सोच समेत नराखेको बताउनुभयो ।

त्यस्तै उहाँले नेपालको राष्ट्रिय सुरक्षा तथा प्रतिरक्षाको विषयमा संविधानमा व्यवस्था भएअनुसार नेपाल सरकारले क्रियाशील रहेको जानकारी दिदै उहाँले नेपाल र अमेरिकाबीच पहिलेदेखि नै सद्भावना भ्रमण जारी रहेको र दैनिक सहयोग आदानप्रदान भइरहेको तथा यसअघिका भ्रमण र सहयोग विगतको निरन्तरता रहेको भन्दै एमसिसी सम्झौता सहमतीमै पास भएको र एसपीपीमा नेपालको कुनै संलग्नता नरहेको र संलग्न समेत नहुने बताउनुभयो ।

साथै उहाँले एमसीसी कुनै सैन्य परियोजना नभई विकास परियोजना भएको भन्ने सोचका साथ व्याख्यात्मक टिप्पणी सहित अघि बढाइएको बैठकलाइ स्मरण गराउँदै एसपीपीमा हामी संलग्न हुँदैहुँदैनौ भनिरहेका छौँ, हिजो एमसीसीमा पनि जे बोल्यौँ त्यही गर्यौँ, आज पनि जे बोल्छौँ त्यही गछौँ सरकार जनभावना विपरित अगाडी किमार्थ नबढ्ने बताउनुभयो ।

त्यस्तै प्रधानमन्त्रीको अमेरिका भ्रमण सुनिश्चित नभएको बैठकलाइ जानकारी दिदै उहाँले प्रम देउवाको अमेरिका भ्रमणको कार्यक्रम सुनिश्चित भएसंगै त्यस विषयमा सदनलाई जानकारी हुने बताउनुभयो ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2022
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031