शुक्रबार, चैत्र १६, २०८०

मन्त्रिपरिषद्का २ सदस्यलाई थप ३ मन्त्रालयको कार्यभार

 काठमाडौं असार २,
प्रधानमन्त्री शेरबहादुर देउवाले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई थप दुई मन्त्रालयको र परराष्ट्रमन्त्री नारायण खड्कालाई थप एक मन्त्रालयको कार्यभार तोक्नुभएको छ ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रिपरिपद् कार्यालयबाट कार्यभार तोकिएका बारेमा प्राप्त पत्रको व्यहोरा सदनलाई जानकारी गराउनुभएको हो ।

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले बैठकमा बहालवाला ३ मन्त्री क्रमस भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठ, खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू फरकफरक कार्यक्रममा सहभागी हुन विदेश प्रस्थान गर्नुभएकाले उहाँहरुको अनुपस्थितिमा प्रधानमन्त्री देउवाले कार्यभार तोक्नुभएको जानकारी दिनुभयो ।