शुक्रबार, चैत्र १६, २०८०

३६ लाख भ्रष्टाचारको अभियोगमा प्रमुख प्रशासकीय अधिकृत अर्यालसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं असार २
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिन्धुपाल्चोकको जुगल गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ढाकाराम अर्यालसहित ६ जनाविरुद्ध आज भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीले आज जारी गर्नुभएको विज्ञप्तिमा आर्थिक वर्ष २०७४र७५ मा बलेफी तेम्बाथान मोटरबाटो निर्माण गर्ने क्रममा ३६ लाख ४९ हजार ८९९ रुपैयाँ भ्रष्टाचार गरेको अनुसन्धानको क्रममा खुलेको जनाउ सहित विशेष अदालत काठमाडौंमा उनीहरुविरुद्ध ३६ लाख ४९ हजार ८९९ रुपैयाँ बिगो दाबी मुद्दा दायर गरेको उल्लेख गरिएको छ।

त्यस्तै आयोगले मुद्दा दायर गरेका अन्यमा जुगल गाउँपालिकाको तत्कालिन इन्जिनियर सुरेश पौडेल, असिस्टेन्ट सव–इन्जिनियर रुपक घिमिरे, लेखापाल सतेन्द यादव, बलेफी लेम्बाथान सडक उपभोक्ता समितिका अध्यक्ष देवेन्द्र शाक्य र कोषाध्यक्ष अनुषा लामा रहेको उल्लेख गरिएको छ ।