शनिबार, बैशाख ८, २०८१

५१ किलोग्राम अवैध लागूऔषध हेरोइन सहित ७ जना दक्षिण अफ्रिकन नागरिकलाई पक्राउ

काठमाडौं असार २
नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले अवैध लागूऔषध ५१ केजी हेरोइन सहित ७ जना दक्षिण अफ्रिकन नागरिकलाई पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा निरन्तर एक साताको निग्रानीका क्रममा काठमाडौं ठमेल तथा वरपरका होटलबाट पक्राउ परेका उनीहरुलाई आज ब्यूरोले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो ।

ब्यूरोले ठमेल तथा वरपरका एरियामा संचालन गरेको एक हप्ता कारवाहीको क्रममा विभिन्न मितिमा फ्लाई दुबई र कतार एयरलाइन्सको उडानद्वारा काठमाडौं आएका उनीहरूलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा दक्षिण अफ्रिकन नागरिकहरू  ए०६३७६९८१ बाहक ४६ वर्षीयाMURIEL QEDUKWAZI THEMBENI NSAMBA, राहदानी नम्बर ए ०५८८५७०२ वाहक ३९ वर्षीया TSHABALALA KHANYISILE YVONNE, राहदानी नम्बर ए० ९८२०५२१ वाहक ३६ वर्षीया ROSINAH NONQELE JANTJE,राहदानी नम्बर ए० ९८३२६८६ वाहक २९ वर्षीयाMAHLAKO MAUREEN MATHIBA, राहदानी नम्बर ए० ९२५२१४६ वाहक ३७ वर्षीया MOROESI SUZAN KOFU र राहदानी नम्बर ए० ०९१८६०३४ वाहक ३० वर्षीया MARLESE BADENHORST  रहेको पत्रकार सम्मलनमा जानकारी दिइएको छ

त्यस्तै ब्यूरोले पक्राउ परेका मध्ये SIBISI THANDEKILE र MURIEL QEDUKWAZI THEMBENI NSAMBA लाई १६ केजी सेतो हेरोइन, TSHABALALA KHANYISILE YVONNE लाई ८ केजी सेतो हेरोइन, ROSINAH NONQELE JANTJE लाई ८ केजी सेतो हेरोइन,MAHLAKO MAUREEN MATHIBA लाई ७ केजी सेतो हेरोइन सहित जेठ ३० गते पक्राउ गरेको जनाउनुको अलावा MOROESI SUZAN KOFU   लाई ४ केजी सेतो हेरोइन र २ केजी खैरो हेरोइन तथाMARLESE BADENHORST  लाई ६ केजी सेतो हेरोइन सहित जेठ ३१ गते पक्राउ गरेको जनाएँदै पक्राउ परेका अभियुक्त उपर जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई प्रहरीबाट थप अनुसन्धान भइरहेको जनाएके छ ।