शुक्रबार, बैशाख ७, २०८१

साल्ट ट्रेडिङले असारको पहिलो साता २२ हजार मेट्रिक टन युरिया मल नेपाल भित्र्याउँदै 

काठमाडौं जेठ ३१ ,
पछिल्लो समय चौतर्फी मलको हाकाकारको प्रसंग चुलिदै गर्दा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले माटोको उर्वरा शक्ति बढाउन प्रयोग हुने डिएपी र वाली विकासका लागि प्रयोग हुने युरिया रासायनिक मल भित्र्याउन सुरु गरेको छ।

सरकारले यसपटक कर्पोरेशनलाई कूल एक लाख मेट्रिक टन र बाँकी सरकारी स्वामित्वको कृषि सामग्री कम्पनीलाई दिएको जिम्मेवारी अनुरुप कर्पोरेशनले आफुलाइ मल आयात गर्न प्राप्त अनुदान अनुरुप इण्डोनेसियाबाट युरिया मल  नेपाल आयात  गरेको हो  ।   यसवीचमा १७ हजार मेट्रिक टन डिएपी मल स्वदेश भित्रिई कर्पोरेशनको डिपोमार्फत वितरण भइराखेको जानकारी सहित र २२ हजार मेट्रिक टन युरिया मल असारको पहिलो साता स्वदेश भित्रिने साल्ट ट्रेडिङका विभागीय अधिकारीले जानकारी दिएको छ।

कर्पोरेशनका विभागीय प्रबन्धक बज्रेश झाले २० हजार मेट्रिक टन डिएपी र २२ हजार मेट्रिक टन मलसहित एक लाख मेट्रिक टन मल नेपाल ल्याउन सरकारबाट पाएको स्वीकृति अनुरुप मल ल्याउँने काम भइरहेको र बाँकी ३ हजार मेट्रिक टन डिएपी र २२ हजार मेट्रिक टन युरिया भारतको कोलकाता बन्दरगाहमा आइसकेको जानकारी दिनुभएको हो ।

त्यस्तै उहाँँले ३ हजार मेट्रिक टन डिएपी र २२ हजार मेट्रिक टन युरिया नेपाल भित्रिएसंगै मलको चरम अभवालाइ धेरै हदसम्म सम्बोधन हुने बताउनुभयो ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2022
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031