मङ्लबार, बैशाख ४, २०८१

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको कार्यकाल आगामी मङ्सिरको पहिलो साता सकिँदै

कात्तिक मसान्त वा मङ्सिरको पहिलो साता संघ र प्रदेशको निर्वाचन हुनसक्ने

काठमाडौं जेठ ३१ ,
निर्वाचन आयोगले आसन्न संघ र प्रदेशको निर्वाचन लक्षित हुँदै बुधवारबाट देशभर मतदाता नामावली सङ्कलन तथा अध्यावधिक कार्य पुनः सुचारु गर्ने विषयमा जानकारीदिन आज आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता पौडेलले विसं २०७४ सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको पाँच वर्षे अवधि मङ्सिर पहिलो साता सकिँदै गर्दाको अवस्था समेलाइ दृष्टिगत गर्दै नयाँ निर्वाचनको मिति घोषणाका लागि नेपाल सरकारसँग औपचारिक र अनौपचारिक छलफल भइरहेको जानकारी दिनुभएको छ।

त्यस्तै उहाँले सरकारसंग निर्वाचनको मिति सम्बन्धमा भइरहेको औपचारिक र अनौपचारिक छलफलको क्रममा निर्वाचनको मिति घोषणा कम्तीमा १२० अगाडि नै हुने गरी गराउन आयोगले सरकारलाई आग्रह गरेको बताउनुभयो । साथै उहाँले आउँदो कात्तिक मसान्त वा मङ्सिरको पहिलो सातासम्ममा एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुने गरी मिति घोषणाको तयारी भएको जानकारी समेत दिदै निर्वाचनको मिति घोषणा नभएसम्मका लागि निर्वाचन लक्षित हुँदै आयोगले नयाँ नाम दर्ता र अद्यावधिकका लागि पुनः समय दिएको बताउनुभयो ।

यसअघि गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचन अगाडि २०७९ वैशाख २९ गतेसम्म १८ वर्ष उमेर पुगेकाका लागि मतदानमा भाग लिन सकिने गरी सो निर्वाचनअगावै नामावली सङ्कलन र अद्यावधिक कार्य खुला गरिएको समेत उहाँले बताउनुभयो ।