बिहिबार, चैत्र १५, २०८०

संसदीय छानबिन समिति नबनेसम्म बैठक अगाडि बढ्न नसक्ने एमालेको अडान

काठमाडौं जेठ ३१,
प्रतिनिधिसभाको आज बसेको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले करका दर तय गर्न अर्थमन्त्री जनार्दन शर्माले मन्त्रालयले नचिन्ने मान्छेलाइ प्रवेश दिएको प्रकरणसंगै विवादमामुछिएपछि उनले   आजको   संसद बैठकमा  स्पष्टीकरण दिएका छन् ।

आज बसेको संसद बैठकको शुरुमै सभामुख अग्निप्रसाद सापकोटाले सार्वजनिक महत्वको विषयमा वक्तव्य दिनलाई अर्थमन्त्री शर्मालाइ घुमाउरो पारमा रोष्टममा वोलाएसंगै एमालेका सांसदहरु भने अलमलमा परेको थियो ।

त्यस्तै संसदबैठकमा अर्थमन्त्री शर्माले आफुमाथि लागको आरोप केन्द्रीत हुँदै  बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई संलग्न गराइएको भन्दै प्रमुख प्रतिपक्ष दल एमालेले लगाएको आरोप र राजीनामा मागको सम्बन्धमा स्पष्टीकरण दिदै बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई संलग्न गराएको भन्ने समाचार भ्रामकमात्र नभइ झूटो र कपोकल्पित भएको जनाउ सहित आफ्नो बचाउ गरेका छन । साथै उहाँले कार्य सम्पादन नियमावलीले आफूलाई बजेट निर्माण गर्नका लागि अधिकार दिएको र सोही अधिकार मात्रै आफूले प्रयोग गरेको बताए ।

तर अर्थमन्त्री जनार्दन शर्माको वक्तव्य पछि एमाले  सासंदहरुले  सीसीटीभीको फुटेजसमेत देखाउन माग गर्नुको अलावा यस विषयमा संसदीय छानबिन समिति नबनेसम्म संसद अगाडि बढ्न नसक्ने भन्दै अर्थमन्त्रीसंगै सरकारको समेत कडा आलोचना गर्दै आजको बैठकमा अवरोध गरेको हो ।