बिहिबार, बैशाख १३, २०८१

संसद बैठकमा प्रतिपक्ष दल नेकपा एमालेको अवरोधसंगै आजको बैठक अवरुद्ध

काठमाडौं जेठ ३१,
प्रतिनिधिसभाको आज बसेको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अवरोध गरसंगै आजको बैठक असार १ गते बुधबार बिहान ११ बजे बस्ने गरि बैठक स्थगित गरिएको छ।

बैठक शुरुभएलगत्तै बैठकमा विनियोजन विधेयकका विभिन्न शीर्षकमाथि उठेका प्रश्नको मन्त्री र प्रधानमन्त्रीले जवाफ दिने क्रमसंगै बैठकमा अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक महत्वको वक्तव्य दिएसंगै एमालेका प्रमुख सचेतक विशाल भट्टराईले धारणा राख्नुभएको र त्यसलगत्तै बैठकप्रतिपक्षीदल एमालेले अवरोध सिर्जना गरेको हो ।

त्यसपछि प्रतिपक्षीदल एमालेले बैठकमा अवरोध नहटेपछि सभामुख अग्निप्रसाद सापकोटाले बुधबारसम्मका लागि बैठक स्थगित भएको जानकारी दिनुभएको हो।