शुक्रबार, बैशाख ७, २०८१

आयोगले बुधवारबाट देशभर मतदाता नामावली सङ्कलन तथा अध्यावधिक गर्दै

काठमाडौं जेठ ३१,
निर्वाचन आयोगले आसन्न संघ र प्रदेशको निर्वाचन लक्षित हुँदै बुधवारबाट देशभर मतदाता नामावली सङ्कलन तथा अध्यावधिक कार्य पुनः सुचारु गर्ने भएको छ ।

आयोगले आज पत्रकार सम्मेलको आयोजना गर्दै दिएको जानकारी अनुसार सबै निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालय एवम् ७३ वटा ईलाका प्रशासन कार्यालय आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी असार १ गते बुधबारदेखि देशभर मतदाता नामावली सङ्कलन तथा अध्यावधिक कार्य पुनः सुचारु गर्न लागेको हो ।

मतदाता नामावली सङ्कलन सबै निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालय एवम् ७३ वटा ईलाका प्रशासन कार्यालयबाट नामावली संकलन हुने जानकारी दिदै पत्रकार सम्मेलनमा आयोगले यसपटक कुनै पनि पेशा, व्यवसाय वा अन्य कुनै कारणले कुनै एक जिल्लामा बसोवास गरिरहेको नागरिकले निजको स्थायी ठेगानामा रहने गरी हाल अस्थायी बसोबास गरिरहेको जिल्लाकै निर्वाचन कार्यालय गई मतदाता नामावली दर्ता गर्न सक्ने पनि जनाएको छ ।

तयस्तै यसपीचमा मतदाता नामावलीमा रहेको आफ्नो नाम, ठेगाना, जन्म मिति, लगायतका विवरण सच्याउन पर्ने मतदाताकालाइ समेत लक्षित गर्दै
आयोगले प्रमाणसहित निवेदन दिन सकिने जानकारीदिदै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले यदि मतदाताले झुट्टा विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको भनी प्रमाण्कि उजुरी दिएमा नाम दर्ता अधिकारीले छानविन गरी त्यस्तो नाम हटाउन समेत सकिने जानकारीदिनुभयो ।

त्यस्तै मतदाताको ले विवाह वा बसाई सरेको कारण मतदाता नामावलीमा रहेको आफ्नो ठेगाना परिवर्तन गर्न चाहेमा साविकमा नाम दर्ता भएको जिल्ला वा नाम सार्न चाहेको जिल्लाको निर्वाचन कार्यालयमा निवेदन दिन सक्ने र कुनै मतदाताले आफ्नो नाम रहेको मतदान स्थलवाट पायक पर्ने सोही वडाको अर्को मतदान स्थलमा नाम सार्न निवेदन दिएमा सोही बमोजिम स्थानान्तरण गरिदिने व्यवस्था गरेको जनाएको छ ।

त्यस्तै मतदाताको मृत्यु भएको वा नागरिकता त्याग गरेको वा विवाह वा बसाई सरी गएको कारण मतदाता नामावलीबाट नाम हटाउनको लागि निवेदन प्राप्त भएमा नाम दर्ता अधिकारीले प्रचलित कानुन बमोजिम प्रत्येक महिना निर्वाचन कार्यालय र सम्बन्धित वडा कार्यालयमा सात दिनको समय दिई सूचना टाँस गर्दै कारवाही गरिने जानकारीदिदै प्रवक्ता पौडेलले मतदाता नामावली ऐन, २०७३ बमोजिम प्रतिनिधिसभा र प्रदेशसभा सद्यस्य निर्वाचनको मिति घोषणा भइसकेपछि मतदाता नामावलीमा नाम दर्ता नगरिने जानकारी दिनुभयो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2022
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031