शनिबार, बैशाख ८, २०८१

सामुहिक बलात्कारमा संग्लन चार जना अभियुक्त पक्राउ

काठमाडौ जेठ ३०,
राजधानीको महानगरपालिका वडा नं ६ बौद्धस्थित लुङता गेस्ट हाउसमा सामुहिक बलात्कारमा संग्लन चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिस काठमाडौंले जनाएको छ ।

सामुहिक बलात्कार सम्बन्धी सूचना पाएसंगै प्रहरी बृत्त बौद्धले गेस्ट हाउसमा छापा मार्दै पीडितको उद्धार गर्दै प्रसुति गृह थापाथली लगी स्वास्थ्य परीक्षण तथा औषधि उपचार गराइएको जानका दिएको छ।

प्रपहरीका पक्राउ परेका बलात्कारीहरु क्रमस २४ को रितेश तामाङ, वडा नं। ६ बस्ने बर्ष २२ को रिन्जेन शेर्पा, वडा नं। ६ बौद्ध बस्ने बर्ष ३४ को उत्तम लामा र वडा नं। ६ बौद्ध बस्ने वर्ष ३४ को आङनिमा भन्ने झ्याम्पा ढिल्ले शेर्पा रहेको जनाएको छ।

त्यस्तै सामुहिक बलात्कार पछि घटनास्थलबाट भागी फरार भएका निजहरुलाई बौद्धस्थित फरक फरक स्थानबाट फरक- फरक समयमा प्रहरीले पक्राउ गरेको जनाउ सlxt पक्राउ परेका चारैजना प्रतिवादीहरु उपर मुलुकी अपराध [संहिता]  ऐन, २०७४ को परिच्छेद १८ को करणी सम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत काठमाडौं बाट थप अनुसन्धानको लागि पाँच दिनको को म्याद अनुमति लिई प्रहरी बृत्त बौद्धमा अनुसन्धान भई रहेको जानकारी दिएको छ ।