शुक्रबार, चैत्र १६, २०८०

भ्रष्टाचार कसुरमा निर्वाचित जनप्रतिनिधि स्वतः निलम्बित हुँने -आयोग

 काठमाडौं जेठ ३०,
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार कसुरमा निर्वाचित जनप्रतिनिधि स्वतः निलम्बनको व्यवस्था रहेको जनाएको छ । आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले सोमबार जारी प्रेस विज्ञप्तिमा स्थानीय तह सर्लाहीका ईश्वरप्रसाद नगरपालिका ११ को अध्यक्षमा निर्वाचित रामदुलार साह र वडा सदस्य उमेश रायविरुद्वको मुद्दा अन्तिम किनारा नभएको जनाउ सहित

निजहरु विरुद्ध दायर भ्रष्टाचार कसुरको मुद्धा विशेष अदालतमा मुद्दा विचाराधीन रहेको जनाइएको छ । सो ऐनको दफा ३३ मा कसुरको आरोप लागेको कुनै पनि व्यक्ति मुद्दा किनारा नभएसम्म स्वतः निलम्बन रहने कानुनी व्यवस्था रहेको उल्लेख गरिएको छ।

त्यस्तै विज्ञप्त्मिा जनप्रतिनिधि उपर लागेको मुद्दा किनारा नभएसम्म स्वतः निलम्बन हुने व्यवस्था कार्यान्वयन गर्न गराउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, निर्वाचन आयोग र सम्बन्धित स्थानीय तहमा लेखी पठाइएको उल्लेख गरिएको छ।