काठमाडौं जेठ ३०,
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहट जिल्लाको सेफ नेपाल नामक संस्थाका अध्यक्ष रामनरेश राय यादव विरुद्ध आर्थिक अनियमितता गरी भ्रष्टाचार गरेको अभियोगमा सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।
आयोगले आज दायर मुद्धामा स्थानीय गढीमाई नगरपालिकासँग सेफ नेपाल, गौर–५ रौतहटले लक्षित वर्गअन्तर्गत जनचेतनामूलक कार्यक्रम र महिला जनचेतना कार्यक्रम सञ्चालन गर्नेक्रममा एक लाख ७२ हजार २४० रुपियाँ हिनामिना गरेको अनुसन्धानको क्रममा पुष्टि भएको जनाउ सहित आयोगले मुद्धा दायर गरेको हो ।
त्यस्तै आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार, अध्यक्ष यादवले नक्कली बिल भरपाई तयार गरी सरकारी सम्पत्ति बद्नियतपूर्वक हिनामिना गरी हानी नोक्सानी गरेको पुष्टि भएको जानकारी दिनुभएको छ ।