मङ्लबार, चैत्र ६, २०८०

योगदान राष्ट्रको लागिको दोस्रो वार्षिक उत्सव

काठमाडौं जेठ २९,
योगदान राष्ट्रको लागि” नामक राष्ट्र ब्यापी सामाजिक संस्थाले आफ्नो स्थापना दिवसको दोस्रो वार्षिक उत्सव शुभकामना आदान प्रदान सहित विभिन्न कार्यक्रम गरि मनाएको छ ।

प्राथमिक उपचार हाम्रो सरोकार” भन्ने मुल नाराका साथ स्थापित यस संस्थाले आफ्नो वार्षिक उत्सवको अवसरमा वार्षिक उत्सवको अवसरमा संघीय राजधानी स्थित मुख्य कार्यालय लगायत विभिन्न जिल्ला अन्र्तगत ललितपुर, दोलखा, कपिलवस्तु, चितवन ,मकवानपुर लगायतका जिल्लामा सरसफाइ ,रक्तदान र ट्राफिक जागरणसंगै प्राथमिक उपचार सम्बन्धी जन चेतनामुकल कार्यक्रमको आयोजना गर्दै स्थापना दिवस मनाएको केन्द्रीय कार्यालयका प्रमुख रमिला श्रेष्ठ शाक्यले जानकारी दिनुभयो ।

त्यस्तै उहाँले वार्षिक उत्सवको अवसरमा कार्यव्यवस्तताका कारण दुवहीमा रहनुभएका संस्थाका संस्थापक एवम् केन्द्रीय अध्यक्ष ओमप्रसाद उप्रेतिले शुभकामना अभिव्यक्ति दिनुभएको  जानकारी सहित  केन्द्रीय मुख्यालयमा सम्पन्न कार्यक्रममा वरिष्ठ कलाकार विभिन्न तह र तप्काका समाजसेवी संस्थाका केन्द्रीय सदस्य, जिल्ला सभापति , सल्लाहकार लगायतका विशेष व्यक्तित्वको सहभागिता रहेको जानकारी समेत दिनुभयो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2022
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031