शुक्रबार, चैत्र १६, २०८०

नगरसभाको ११औँ अधिवेशन असार ५मा गर्ने महानगर कार्यपालिका बैठकको निर्णय

काठमाडौं जेठ २९,
काठमाडौं महानगरको आज बसेको कार्यपालिका बैठकले नगरसभाको ११औँ अधिवेशन आगामी असार ५ गते गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले धुलो रहित काठमाडौंको परिकल्पना सहित ब्रुमर सञ्चालन गरिदै आएपनि ब्रुमर चालकको करार अवधि सकिएकाले ब्रुमर दुई महिनादेखि सञ्चालनमा आउन नसकेको अवस्थालाइ दृष्टिगत गर्दै महानगरलाइ धुलो रहित बनाउँन ब्रुमर सञ्चालन गरिने भएकोछ ।

त्यस्तै कार्यपालिका बैठकमा वोल्दै महानगर प्रमुख वालेन्द्र साहले महानगर आफैँभित्र अन्तरविभाग र विकास साझेदार कार्यालयबीच समन्वय बलियो बनाउँदै विकास साझेदारसँग हरेक महिनाको पहिलो सोमबार बैठक बसेर समन्वय बढाइने जानकारी समेत दिनुभयो ।

साथै बैठकले उपप्रमुख डङ्गोलको अध्यक्षतामा स्थानीय राजश्व परामर्श समिति गठन संगै वडा नं २६ का अध्यक्ष ख्यामराज तिवारीको संयोजकत्वमा सुशासन समिति , वडा नं १५ का अध्यक्ष ईश्वरमान डङ्गोलको संयोजकत्वमा वित्त समिति, वडा नं १० का अध्यक्ष रामकुमार केसीको संयोजकतवमा सामाजिक समिति र वडा नं १६ का अध्यक्ष मुकुन्द रिजालको संयोजक्तवमा पूर्वाधार समिति समेत गठन गरेको छ।

त्यस्तै गरि वडा नं १२ का अध्यक्ष बालकृष्ण महर्जनको संयोजक्त्वमा वातावरण समिति, वडा नं ११ का अध्यक्ष हीरालाल तण्डुकारको संयोजकत्वमा भवन व्यवस्था समिति , वडा नं ८ का अध्यक्ष आशामान सङ्गतको संयोजकतवमा सम्पदा तथा पर्यटन समिति र वडा नं १७ का अध्यक्ष नवीन मानन्धरको संयोजक्तवमा सूचना प्रविधि समिति, वडा नं २२ का अध्यक्ष चिनीकाजी महर्जनको संयोजकत्वमा शिक्षा र स्वास्थ्य समिति , वडा नं २३ का अध्यक्ष मचाराजा महर्जनको संयोजकतवमा विधायन समिति यस्तै, शिक्षा र स्वास्थ्य समितिमा वडा नं २२ का अध्यक्ष चिनीकाजी महर्जनको संयोजकत्वमा , विधायन समितिमा , वडा नं ३२ का अध्यक्ष नवराज पराजुलीको ंयोजक्तवमा राजश्व समिति र वडा नं ३ का अध्यक्ष प्रेम थापा संयोजकत्वमा विपद् व्यवस्थापन समिति गठन गरेको छ।