शुक्रबार, बैशाख १४, २०८१

मिटरब्याजी तेलीलाई तत्काल पक्राउ गर्न प्रम देउवाको निर्देशन

काठमाडौं जेठ २७,
प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरी जिल्लाका विपन्न सर्वसाधारणलाइ शोषण गर्दै आइरहेका मिटरब्याजी रामदेव तेलीलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारका अनुसार प्रम देउवाले गृहमन्त्री बालकृष्ण खाँणलाई मिटरब्याजी तेलीलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन निर्देशन दिनुभएको बुझिएको छ।

स्मरण रहोस पछिल्ले समय मिटरब्याजी तेलीको अनेकन फन्दा समाचार माध्यम मार्फत सार्वजनिक हुँदै आएको छ।