शुक्रबार, चैत्र १६, २०८०

सडक भासिएर भएको दुर्घटनामा दुईको मृत्यु, अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा

काठमाडौं जेठ २७,
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साखर ड्याममा भासिएको सडकसँगै मर्स्याङ्दी नदीमा दुई जना पुरुषको शव फेला परेको तनहुँ प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार निरन्तर परेको वर्षाका कारण खसेको पहिरोमा परि आज बिहान भासिएको सडकबाट कार र मोटरसाइकल पहिरोमा एउटा कार र मोटरसाइकल खसेका थिए । तर मोटरसाइकल खसे पनि मोटरसाइकल चालक भने सकुशल रहेको जनाउँदै कार भने पहिराले पुरिएको अवस्थामा भेटिएको जनाएको छ ।

यसैवीच जिल्ला प्रहरी कार्यालय तनहुँले सडक भासिएपछि अवरुद्ध भएको तनहुँको आँबुखैरेनी गाउँपालिका–४, साँखर ड्याममा सडक एकतर्फी सञ्चालनमा आएको जनाउँनुको अलावा सडक भासिँदा बा १० च ४६७९ नम्बरको कार, ग १५ प २९५३ नम्बरको मोटरसाइकल, बा ३३ प १०८१ नम्बरको मोटरसाइकल खसेर बेपत्ता भएको घटनामा दुई पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ ।