शुक्रबार, बैशाख ७, २०८१

राजपत्रमा सूचना प्रकाशन गर्दै सरकारले गर्यो अत्यावश्यक सेवामा हड्ताल गर्न निषेध

काठमाडौं जेठ २७,
सरकारले अत्यावश्यक २५ वटा क्षत्रेमा हड्ताल गर्न निषेध गरेको छ । गृहमन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गर्दै आवश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ३ को उपदफा १ ले दिएको अधिकार प्रयोग गर्दै २५ वटा अत्यावश्यक सेवामा हड्ताल गर्न निषेध गरेको हो ।

मन्त्रालयले राजपत्रमा प्रकाशित सूचनामा हड्ताल निषेध गरिएका क्षेत्रमा डाँक, तार वा टेलिफोन सेवा, प्रिन्ट वा सरकारी छापाखाना सम्बन्धी सेवा, सञ्चार सेवा, आन्तरिक सुरक्षा कार्यसँग सम्बन्धित सेवा, खानेपानीको सञ्चालन तथा वितरण सेवा, बैंकिङ सेवा, बिमा सेवा, विद्युत सेवा, इन्टरनेठ सेवा , राहदानी विभागबाट प्रदान हुने सेवा , कन्सुल विभागबाट प्रदान हुने सेवा औषिध उत्पादन तथा विक्री वितरण सेवा, लगायतका २५ वटा सेवा रहेको उल्लेख गरिएको छ ।

त्यस्तै सरकारले यसरी आवश्यक सेवा सञ्चालन ऐनअनुसार निषेध गरिएका सेवामा कुनै व्यक्तिले हड्ताल गरेमा वा त्यसमा भाग लिएमा वा हन्य कुनै किसिमबाट सहभागी भएमा ६ महीनासम्म कैद वा २०० सय रूपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने प्रकाशित सूचनमा उल्लेख गरिएको छ ।

 

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2022
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031