बिहिबार, बैशाख १३, २०८१

महानगरका नवनिर्वाचित कार्यपालिका सदस्यहरुलाइ सपथ

काठमाडौँ जेठ २५ ,
काठमाडौँ महानगरको मंगलवार सम्पन्न् कार्यकापालिका सदस्य निर्वाचन मार्फत निर्वाचित सदस्यहरुलाइ आज महानगर प्रमुख बालेन्द्र शाहले नवनिर्वाचित कार्यपालिका सदस्यहरुलाई पथ तथा गोपनीयताको शपथ गराउनुभएको छ । राजधानीस्थित राष्ट्रिय सभा गृहमा आयोजित एक कार्यक्रमकावीच प्रमुख साहले उहाँहरुलाइ सपथ गराउँनु भएको हो ।

शपथ कार्यक्रम अघि काठमाडौं जिल्ला निर्वाचन कार्यालयका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले निर्वाचित कार्यपालिका सदस्यहरुलाई प्रमाण पत्र प्रदान गर्नुभएको थियो ।

नगरकार्यपालिकाको महिला सदस्य पदमा नेपाली कांग्रेसका उम्मेदवारहरु मीना सुनार, मीना सिंह, कञ्चना नेपाली हरिजन र ललिता खड्गी तथा नेकपा समाजबादीकी मैयाँलक्ष्मी महर्जन निर्वाचित हुनुभएको छ । यसैगरी दलित वा अल्पसंख्यकतर्फबाट नेपाली कांग्रेका उम्मेदवार बिनोद अछामी र महेश नेपाली तथा नेकपा माओवादीका अनिता कार्की ढोली निर्वाचित भएको हो ।