शुक्रबार, बैशाख १४, २०८१

घरबाटै फोहोरको वर्गीकरण गर्न महानगर प्रमुख साहको आग्रह

काठमाडौं जेठ २४,
पछिल्लो समय फोहर व्यवस्थापनको बढ्दो जटिल पक्षप्रति केन्द्रीत हुँदै काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले स्रोतबाट नै कुहिने र नकुहिने फोहोरको वर्गीकरण नगरे सङ्कलन नगरिने बताउनुभएको छ । उहाँले आज फोहर व्यवस्थापनमा सहयोग गर्न नगरवासीका लागि सामाजिक सञ्जालमार्फत अपिल जारी गर्दै घरबाटै कुहिने र नकुहिने फोहोरको वर्गीकरण नगरे पुनः घरमा नै फिर्ता पठाइने जनाउ दिनुभएको हो ।

त्यस्तै महानगर प्रमुख साहले जारी अपिलमा फोहर व्यवस्थापन गर्नु तपाईं र मेरो साझा दायित्व हो”, भन्दै आफ्नो कोठा, घर, कार्यालय तथा व्यवसायीक क्षेत्र बाठ उत्पादन हुने फोहरको स्रोत पहिचान सहित कुहिने र नकुहिने फोहर छुट्याएर विर्सजनका लागि आग्रह गर्नु भएको छ।

साथै उहाँले स्रोतबाट नै कुहिने र नकुहिने फोहोरलाई छुट्याइदिने हो भने त्यसको व्यवस्थापन सहजै हुने जनाउ सहित हामी स्वच्छ र स्वस्थ काठमाडौँमा बाँच्न पाउँछौँ भने हाम्रो कारणले अन्त कसैले रोगी भएर बाँच्नु वा मर्नु पर्दैन”, उहाँले अपिल मार्फत महानगरवासीलाइ आग्रह गर्नुभएको हो ।