शनिबार, बैशाख ८, २०८१

पल शाह प्रकरण: पुर्पक्षका लागि थुनामै राख्न उच्च अदालतको आदेश

 काठमाडौ जेठ १९,
उच्च अदालत पोखराले जबरजस्ती करणीको आरोपमा पक्राउ परेका अभिनेता पल शाहलाई पुर्पक्षका लागि तनहुँ र नवलपुर जिल्ला अदालतको फैसलालाई सर गर्दै थुनामा पठाउने आदेश दिएको छ ।

मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ ९१० बमोजिम जिल्ला अदालतको आदेशलाई सदर गर्दै उच्च अदालतका न्यायाधीशद्वय उज्वल शुक्ल र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले शाहलाई पुर्पक्षका लाथि थुनामा पठाउन आदेश दिएको हो ।

यसअघि अदालतमा शाहको तर्फबाट कानून व्यवसायी कमलामोहन वाग्ले, जगदीशचन्द्र पाण्डे र मिलनध्वज शाहले बहस गरेका थिए भने विपक्षमा सरकारी कानुन व्यवसायी सहन्यायाधीवक्ता ईश्वरीप्रसाद ढकालले बहस पैरवी गरेका थिए ।