बुधबार, बैशाख १२, २०८१

महानगर प्रमुख, उपप्रमुखसहित १६० जनप्रतिनिधिले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौ जेठ १६,
काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रियसभा गृहमा आज आयोजित कार्यक्रममा मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले प्रमुखमा निर्वाचित बालेन्द्र साहलाई शपथ गराउनुभएको हो।

त्यसलगत्तै महानगर प्रमुख साहले उपप्रमुखमा निर्वाचित सुनिता डङ्गोल, ३२ वटै वडाका वडाध्यक्ष र वडा सदस्यलाई शपथ गराउनुभएको थियो । उपप्रमुख डङ्गोलले नेपाल भाषामा शपथ लिनुभएको थियो । प्रमुख साहले पनि मुख्य निर्वाचन अधिकृतबाट शपथ लिएपछि नेपाल भाषामा शपथको व्यहोरा पढ्नुभएको थियो । त्यस्तै प्रमुख साह र उपप्रमुख डङ्गोल लगायतका निर्वाचित वडाध्यक्षहरु सबैले   आजै पदवहाली गर्ने कार्यक्रम रहेको छ