बुधबार, मंसिर २०, २०८०
Dashain

महानगरको कार्यपालिका बैठक: फोहोरमैला व्यवस्थापन गर्न ७ सदस्यीय कार्यदल गठन

काठमाडौं १६ जेठ,

स्थानीय तह निर्वाचन मार्फत काठमाडौं महानगरमा निर्वाचित महानगर  प्रमुख तथा उपप्रमुख र वडाध्यक्षको आज विधिवत सपथग्रहण पछि बसेको पहिलो कार्यपालिकाको बैठकले फोहोरमैला व्यवस्थापन गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैठकले नितिगतरुपमा प्रस्ताव गरिएको विभिन्न ७ बुँदे एजेन्दामा छलफल गर्दै महानगर प्रमुख वालेन्द्र साहको संयोजकत्वमा ७ सदस्यीय गठन गरेको छ ।

नवगठित फोहोरमैला व्यवस्थापन कार्यदलमा उपप्रमुख सुनिता डंगोलसहित थप एकजना, नेपाली कांग्रेसका तर्फबाट २ सदस्य, नेकपा एकीकृत समाजवादीका सदस्य १ र प्रमुख प्रशासकीय अधिकृत सदस्य सचिव रहने गरी कार्यदल गठन गरिएको छ ।

त्यस्तै बैठकले सार्वजनिक शौचालयका लागि रेस्टुरेन्टसँग सहकार्य गर्ने निर्णय गरिएको छ । महानगरको गुनासो सम्बोधन गर्न सात दिनभित्र कल सेन्टर स्थापना गर्ने लगायतका निर्णय गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2022
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30