बुधबार, मंसिर २०, २०८०
Dashain

काठमाडौं महानगरका नवनिर्वाचित जनप्रतिनिधीले आजबाट औपचारिक पदबहाली गर्दै

 काठमाडौं जेठ १६,
गत बैशाख ३० गते सम्पन्न् स्थानीय तह निर्वाचन मार्फत काठमाडौँ महानगरपालिकामा नवनिर्वाचित प्रमुख, उपप्रमुख,वडाध्यक्ष सहित सदस्यले आज पदबहाली गर्ने भएका छन् । काठमाडौं महानगरको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बोलेन्द्र साह र उपप्रमुखमा नेपाल कम्युनिष्ट पार्टी एमालेका सुनिता डङ्गोल निर्वाचित हुनुभएको छ ।

काठमाडौं महानगरको प्रमुख उपप्रमुख सहित ३२ वडामा निर्वाचित वडाध्यक्ष र वडासदस्य सहित १६२ जना जनप्रतिनिधिले आजबाट औपचारिक रुपमा आ -आफ्नो जिम्मेवारीका लागि सपथ लिदै पदभार गर्ने भएको हो ।

यसवीचमा महानगरको निर्वाचित संरचना १६२ जनप्रतिनिधीको भएपनि यसपटक वडा २४ र २५ मा दलित महिला सदस्यको उम्मेदवारी नपरेको हुनाले यस पटक महानगरमा १६० जना जनप्रतिनिधिमात्र निर्वाचित भएको छ।

त्यस्तै निर्वाचित जनप्रतिनिधि मध्ये महानगरको ३२ वडामध्ये १९ मा नेपाली कांग्रेसका उम्मेदवार अध्यक्ष पदमा विजय हुनुभएको छ भने १२ वडामा एमालेको उम्मेदवार अध्यक्ष पदमा निर्वाचित भएका छन त्यस्तै महानगरको वडा नम्बर १५ मा एकीकृत समाजवादीको तर्फबाट प्यानल सहितको जन -प्रतिनिधी निर्वाचित भएका छन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2022
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30