काठमाडौं जेठ १४,
आज बसेको प्रतिनिधिसभाको बैठकमा सरकारले आगामी आ.व. को लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित गरेकोछ ।
सरकारको नीति तथा कार्यक्रम गत जेठ १० गते राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको थियो । त्यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले सांसदहरूले उठाउनुभएको जिज्ञासाको जवाफ दिनुभएको थियो ।
त्यस्तै, नीति तथा कार्यक्रममाथि सांसदहरूले राख्नुभएको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गर्नुको अलावा सभामुख अग्निप्रसाद सापकोटाले सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गर्नुभएको हो ।