मङ्लबार, बैशाख ४, २०८१

बढ्दो मङ्कीपक्स रोगको जोखिम र संक्रमणबाट बच्न मन्त्रालयको आग्रह

काठमाडौं जेठ १३ ,
विश्वलाइ आक्रान्त पारेको कोभिड महामारी पछि पछिल्ले समय विश्विश्वका धेरै मुलुकमा देखापरेको मङ्कीपक्स रोगको संक्रमणबाट नेपाल पनि अक्षुतो नरहेको भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तमाम नेपालीमा सचेत रहन आग्रह गरेको छ। मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले भाइरसबाट सर्ने एक किसिमको सरुवा रोग अर्थात मङ्कीपक्स संक्रमणको जोखिम नेपालमा फेला नपरे पनि यसको संक्रमणबाट बच्न सचेत हुनुपर्ने बताउभएको छ ।

त्यस्तै उहाँलेमङ्कीपक्स सङ्क्रमित व्यक्ति वा पशुसँग नजिकको सम्पर्कम आउँदा तिनीका र्‍याल, घाउ, खटिरा, शरिरबाट निस्कने तरल पदार्थ र दूषित सतह र सामग्रीबाट सर्ने जानकारी दिदै यसको संक्रमणबाट बाँदर, मुसा, लोखर्केलगायत जनावर, भाइरस रहेको ओछ्यान र लुगाबाट पनि भाइरस अतिक्रमण हुने जानारििदएको छ।

त्यस्तै यसको मुलत लक्षण भनेको ज्वरो आउनु, सामान्य ज्वरो शुरु भएको एकदेखि तीन दिनभित्रमा छालामा दाग देखिनु, अनुहार, हल्केला र पैतालामा डाबर देखापर्नु, डाबर परिवर्तन भई फोका हुँदै पाप्रा लागेर उपकिनुजस्ता यस रोगमा लक्षण देखिन्छ ।

यस्तै टाउको, ढाड र मासपेशीदुख्नु, शरिरका ग्रन्धि बढ्नु, लक्षण १४ देखि २८ दिनसम्म रहन सक्छ र सामान्यता आफैँ हराउने गर्दछ । बालबालिका र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिमा आँखामा सङ्क्रमण र दृष्टि गुम्नु, अन्य जीवाणुको सङ्क्रमण, निमोनिया, मस्तिष्क ज्वरो, गर्भ खेर जानु र मृत्युजस्ता सम्भावित जटिलता देखापर्ने मन्त्रालयले जनाएको छ ।

साथै मङ्कीपक्सबाट बच्नका लागि मङ्कीपक्सको शङ्का वा पुष्टि भएका व्यक्तिसँग असुरक्षित सम्पर्कमा नजाने, सङ्क्रमति व्यक्तिलाई घरमा वा अस्पतालमा आइसोलेशनमा राख्ने, सङ्क्रमित व्यक्तिको हेरचाह गर्नेले पिपिई लगाउने, नियमितरूपमा साबुन पानीले हात धुने, मरेका वा बिरामी जनवारको सम्पर्कमा नजाने, मासुजन्य खानेकुरा राम्ररी पकाएर मात्र खाने गर्नु पर्दछ भन्दै मन्त्रालयले ज्वरो आएको एकदेखि ३ दिनभित्र अनुहार, हल्केला र पैतलामा दाग वा डाबर देखिएमा मन्त्रालयको हटलाइन नम्बर १११५ मा सम्पर्क गर्न अनुरोध समेत गरेको
छ।